+
Search

ताजा अपडेट +

पपुलर +

संविधान संशोधनका लागि प्रारम्भिक छलफल सुरु गरिसकेका छौंः देउवा

पालिका लाइभ
२०८१ माघ १८, शुक्रबार

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुलबाटमा आधारित भएर संविधान संशोधन गर्नु पर्नेमा जोड दिएका छन् ।

संविधान संशोधन गर्दा समावेशी समानुपातिक प्रतिनिधित्व, बहुलबाटमा आधारित शासन प्रणालीलाई मुख्य आधार बनाउनु पर्नेमा उनले जोड दिएका हुन् ।

‘हामी राजनीतिक रूपमा अधिकार सम्पन्न भइसकेका छौँ, अब आर्थिक रूपमा सबल हुन पनि जरुरी छ,’ देउवाले भने, ‘संविधान संशोधनका लागि प्रारम्भिक छलफल सुरु भइसकेको छ, बहुलबाट र समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता उपलब्धिलाई मार्न दिनु हुन्न ।

सङ्घीय संसद्को हिउँदे अधिवेशनको पहिलो दिन सम्बोधन गर्दै नेपाली कांग्रेस र एमाले बिचको ७ बुँदे सहमति कार्यान्वयनमा प्रतिबद्धता जनाउँदै केपी ओली नेतृत्वको सरकारले राम्रो काम गरिरहेको पनि जनाएका छन् ।

‘सरकारको काम मुल्याङकन गर्नका लागि ६ महिनाको समय चाहिन्छ, अहिलेसम्म हेर्दा यो सरकारले राम्रो काम गरेको छ,’ देउवाले संसद् बैठकमा भने, ‘सरकारले ल्याएको अध्यादेशले लगानी मैत्री वातावरण बनेको छ, व्यवसायी उत्साहित छन्, भूमिहीनले जग्गा पाउँदै छन् ।’ उनका अनुसार सरकारले राम्रो काम अझै गर्नेमा आफू विश्वस्त रहेकोसमेत जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ