+
Search

ताजा अपडेट +

पपुलर +

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

पालिका लाइभ
२०८१ माघ २, बुधबार

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगम सञ्चालक समितिले बुधबार रातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो।

इन्डियन आयल कर्पोरेशनबाट भाउ बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो।

समायोजित मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाइएको छ।

समायोजित मूल्य अनुसार पेट्रोल अब पहिलो वर्गमा १६२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६४ रुपैयाँ र तेस्रोमा १६५ रुपैयाँमा कारोबार हुने छ।

यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा १५३ रुपैयाँ ५० पैसामा कारोबार हुनेछ। यस्तै, दोस्रो र तेस्रो वर्गामा क्रमशः १५५ र १५६ रुपैयाँ कारोबार हुनेछ।

nigam suchi

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ