+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं महानगरले माग्यो ‘इन्टर्न’ मा न्यायिक सहजकर्ता

पालिका लाइभ
२०८१ पुष ८, सोमबार

काठमाडौं– काठमाडौँ महानगरपालिकाले न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्न इच्छुक विद्यार्थीहरूलाई निवेदन पेस गर्न आह्वान गरेको छ ।

महानगरले आज सूचना जारी गर्दै महानगरपालिका केन्द्रीय कार्यालय र अन्तर्गतका वडा कार्यालयहरूमा सेवाग्राहीको आवश्यकता अनुसार निःशुल्क कानुनी सेवा प्रवाह गर्न न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्नका लागि निवेदन पेस गर्न आह्वान गरेहो।

कानुन क्याम्पसमा अध्ययनरत (कम्तीमा तीन वर्ष अध्ययन गरिसकेका ) इच्छुक विद्यार्थीले सूचना प्रकाशन भएको मितिले १० दिनभित्र महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागमा निवेदन पेस गर्न महानगरले आग्रह गरेकाे छ।

यसका लागि आवश्यक कागजातमा निवेदन, नागरिकताको प्रतिलिपि, कानुन क्याम्पसमा तीन वर्ष अध्ययन गरिसकेको शैक्षिक प्रमाणपत्र र अध्ययनरत विद्यार्थीको हकमा सम्बन्धित क्याम्पसको सिफारिस पत्र आवश्यक पर्ने सूचनामा उल्लेख छ।

हेर्नुहाेस् सूचना

2024 12

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ