+
Search

ताजा अपडेट +

पपुलर +

पालुङटारलाई शैक्षिक हबका रूपमा विकास गछौँ : मेयर चिन्तन

पालिका लाइभ
२०८१ मंसिर १३, बिहीबार

गोरखा– पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले नगरपालिकालाई शैक्षिक हबका रूपमा विकास गर्ने बताएका छन् । गोरखामा पहिलो पटक बिहीबारदेखि सुरु गरिएको शैक्षिक मेलाको उद्घाटन कार्यक्रममा बोल्दै मेयर चिन्तनले यस्तो बताएका हुन् ।

WhatsApp Image 2024 11 28 at 13.36.58

गत वर्ष गोरखामा सामुदायिक र संस्थागत विद्यालयतर्फ नगरपालिका प्रथम हुन सफल भएको बताउँदै उनले आगामी दिनमा पालुङटारलाई शैक्षिक हबको रूपमा विकास गर्न सकिने बताए ।

‘अब हामीले यसरी नै शिक्षालाई जोड दिँदै गर्‍यौ भने आगामी दिनमा पालुङटारलाई शैक्षिक हबको रूपमा विकास गर्न सकिने आशा तथा विश्वास लिइएको छ’, उनले भने, ‘विगतको इतिहासलाई नियाल्दा शिक्षाको ज्योतिको रूपमा महत्त्वपूर्ण ज्योति फैलाउन सफल अम्मर ज्योति जनता माध्यमिक विद्यालयमा शैक्षिक कार्यक्रम गर्दैछौँ।’

उनले नगरपालिकाका सम्पूर्ण विद्यालयका शिक्षकहरूलाई विद्यार्थीको कक्षाकोठामा जाँदा शैक्षिक सामाग्री लिएर जान प्रेरित समेत गरे ।

WhatsApp Image 2024 11 28 at 13.36.59

नगरपालिकाको वडा न ४ स्थित नमुना विद्यालयका रूपमा स्थापित अम्मर ज्योति जनता माध्यमिक विद्यालयमा बिहीबारदेखि दुई दिने शैक्षिक मेला सुरु भएको छ । पालिकाका ४१ सामुदायिक तथा ११ संस्थागत विद्यालयहरूबीचको सहयोग र मित्रता प्रगाढ बनाउन अवसर प्रदान गर्ने जनाइएको छ ।

WhatsApp Image 2024 11 28 at 13.36.59 1

नगरपालिका श्रोत शिक्षक सन्तोष पाण्डेका अनुसार शैक्षिक क्षेत्रमा विद्यार्थीहरूको बौद्धिक र सिर्जनात्मक क्षमता उजागर गरी विभिन्न कौशलहरूको पहिचान तथा प्रोत्साहन गर्न यो कार्यक्रमले सहयोग हुने बताए ।स्थानीय सरकारको संरचना निर्माण भएपछि सामुदायिक तथा संस्थागत विद्यालय उजाड बन्दै गएको अवस्थामा यस्ता खालका कार्यक्रमले विद्यार्थी तथा विद्यालयको विकास र समन्वयमा मद्दत पुग्ने पालिकाले अपेक्षा लिएका उनले बताए ।

WhatsApp Image 2024 11 28 at 13.37.01

शैक्षिक मेलामा नगरपालिका कार्यालय, शिक्षकहरू, विद्यार्थीहरू र अभिभावकहरूको सक्रिय सहभागिता रहेको छ । यसले शैक्षिक जगतमा नयाँ सोच र दृष्टिकोण मात्रै नभई पालुङटारका विद्यालयबिचको सहयोग र मित्रता प्रगाढ बनाउन अवसर प्रदान गर्ने जनाइएको छ ।

WhatsApp Image 2024 11 28 at 13.36.58 2

कार्यक्रमको पहिलो दिन मावि स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ। यस्तै, बिभिन्न तहका शिक्षकद्धारा निर्मित शैक्षिक सामग्रीहरुको पनि प्रदर्शनी भएको थियो । कार्यक्रमको दोस्रो दिन शुक्रबार १–३ कक्षाको पढाई प्रतियोगिता, ४–५ कक्षाको श्रुतिलेखन र गणित दौड प्रतियोगिता, ६–८ कक्षाको चित्रकला प्रतियोगिता हुने बताइएको छ ।

बाल बिकास र आवि तहको शैक्षिक सामग्री मुल्याङकन प्रतियोगितामा पहिलो हुनेले ७ हजार, दोस्रोले ५ हजार, तेस्रोले ३ हजार र सान्त्वना हुनेले दुई हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । मावि तहको शैक्षिक सामग्री मुल्याङकन प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमश ८ हजार, ६ हजार, ४ हजार र २ हजार नगद पुरस्कार पाउने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ