+
Search

ताजा अपडेट +

पपुलर +

‘सम्पर्कविहीन’ भएकाे लापुबेँसीबाट छुटेको बस झ्याप्ले खोलामा भेटियाे

पालिका लाइभ
२०८१ आश्विन १३, आईतवार

काठमाडौं- नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको छ ।

बसको केही भाग मात्र देखिन्छ । बसको नम्बर पनि खुलेको छैन । त्यहाँ डोजर प्रयोग गरेर पहिरो पन्छाउने तयारी भइरहेको छ ।

गोरखाबाट शुक्रबार काठमाडौंबाट छुटेको दरौँदी यातायात प्रा.लिकाे  ना ४ ख २२७० नम्बरको बस असोज ११ गते रातिदेखि सम्पर्कविहीन भएकाे हो। तर सम्पर्कमा नरहेको भनिएको बस यही हुन सक्ने आशंका गरिएको छ ।

झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो ।

बसमा चालक र दुईजना सहचालक मात्र भएकाे अनुमानछ। अन्य यात्रु भए नभएको स्पष्ट हुन सकेको छैन।

बसमा रहेका यात्रुका आफन्तले खोजविन गरिदिन आग्रह गरेपछि बस हराएको पत्ता लागेको हो । बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि पहिरोमा परेको हुन सक्ने आशंका गरिएको छ ।

बसमा बसका धनी तथा चालक आरुघाट ४ धावाका मदन परियार र सहचालक फुजेलका नवराज तिवारी र धावाकै विनय भट्टराई तथा यात्रु धार्चेका सुक गुरुङ थिए । अरु भए नभएको पहिचान छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ