+
Search

ताजा अपडेट +

पपुलर +

वडाध्यक्षमाथि यौन शोषणको आरोप, नगरपालिकाले बनायो छानबिन समिति

पालिका लाइभ
२०८१ भाद्र ९, आईतवार

रौतहट– एक महिलाले वडाध्यक्षमाथि यौन शोषणको आरोप लगाएपछि मौलापुर नगरपालिकाले घटनाको सत्य तथ्य बुझ्न छानबिन समिति गठन गरेको छ ।

मौलापुर ९ का वडाध्यक्ष श्याम किशोर साहमाथि स्थानीय महिलाले यौन शोषणको आरोप लगाए पछि सो बारेमा नगरपालिकाले छानबिन गर्न समिति गठन गरेको हो ।

स्थानीय एक महिलाले विगत ५ पाँच वर्षदेखि आफूलाई यौन शोषण गरेको आरोप लगाएपछि मेयर रिना साहको निर्देशनमा उपमेयर नागेन्द्र यादवको अध्यक्षतामा पाँच सदस्सीय छानबिन समिति गठन गरिएको छ ।

घटनाबारे सत्य तथ्य छानबिन गरी समितिले १५ दिनभित्र नगरपालिकामा प्रतिवेदन पेश गर्न भनिएको छ ।

समितिले घटनाको प्रतिवेदन पेश गरेपछि कस्तो किसिमको कारबाही हुने सो सम्बन्धमा कार्यपालिकाले निर्णय लिने प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।

छानबिन समितिमा वडा १ का वडाध्यक्ष जयनाथ कुशवाहा, कार्यपालिका सदस्य प्रतिमा साह, आशादेवी साह र अच्छेलाल साह अधिकृत छैटौँ सदस्य रहेका छन् ।

वडाध्यक्षकै गाउँकी एक महिलाले आफूसँग बिहे गर्ने प्रलोभन दिएर यौन शोषण गर्दै आएको आरोप लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि मौलापुरले छानबिन समिति गठन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ