+
Search

ताजा अपडेट +

पपुलर +

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, कतार ३२ रनले पराजित

पालिका लाइभ
२०८१ बैशाख १, शनिबार

काठमाडौं– नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ। नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर १७८ रनमात्र बनाउन सक्यो।

कतारका लागि कप्तान मोहम्मद तनवीरले सर्वाधिक ६३ रन बनाए। उनले ३३ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। त्यस्तै मोहम्मद अहनफले २३ रन, कमरान खानले १८ रन, अदनान मिर्जाले १९ रन बनाए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर २१० बनाएको थियो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङ गरेका थिए। उनले अन्तिम ओभरमा लगातार ६ छक्का प्रहार गरेका थिए। १९ बलमा अर्धशतक प्रहार गरेका उनी २१ बलमा ३ चौका र ७ छक्कासहित अविजित ६४ रन बनाए।

त्यस्तै आशिफ शेखले अर्धशतक प्रहार गरे। ४१ बल खेलेका उनले ६ चौकासहित ५२ रन बनाए। त्यस्तै कुशल मल्लले ३५, रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ रन बनाए। त्यस्तै सन्दीप जोराले ७, गुल्शन झाले ५ र विवेक यादवले ५ रन बनाएर पेभेलिय फर्किए।

यसअघि नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ