+
Search

ताजा अपडेट +

पपुलर +

पोखरा महानगरमा घूस, सब-इन्जिनियर र कन्सल्टेन्सी सञ्चालक अख्तियारको नियन्त्रणमा

पालिका लाइभ
२०८० चैत्र २९, बिहीबार

पोखरा- पोखरा महानगरपालिकामा कार्यरत सब-इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर घुससहित पक्राउ परेका छन्।

घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार, कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई पोखरा महानगरपालिका वडा नं. ४ र सब-इन्जिनियर रोकायलाई पोखरा महानगरपालिका वडा नं. ५ बाट नियन्त्रणमा लिएर अनुसन्धानको काम भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ