+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंकको सहकार्य गण्डकीका ट्याक्सी चालकसँग, क्युआरबाट सजिलै भाडा भुक्तानीको सुविधा

प्रभु बैंकको सहकार्य गण्डकीका ट्याक्सी चालकसँग, क्युआरबाट सजिलै भाडा भुक्तानीको सुविधा
पालिका लाइभ
२०८० चैत्र २२, बिहीबार

काठमाडौं– प्रभु बैंकले गण्डकी ट्याक्सी व्यवसाय प्रालिसँग आबद्ध भएका ट्याक्सी व्यवसायीहरुका लागि विशेष योजना सुरु गरेको छ।

उनीहरुले प्रभु बैंकमा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक/वित्त तथा अन्य गेट-वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न सक्ने भएका छन्।

यसबाहेक महसुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्यूतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन दुई पक्षबीच साझेदारी पनि भएको छ।

सम्झौतापत्रमा बैंकका गण्डकी प्रमुख प्रदेश अधिकृत राजुराना मगर तथा गण्डकी ट्याक्सी व्यवसायका अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरेका छन्।

अबबाट सेवाग्राहीहरुले ट्याक्सी चालकहसँग रहेको प्रभु बैंकले उपलब्ध गराएको क्युआर मार्फत् बिना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सक्ने छन्।

गण्डकी ट्याक्सी व्यवसाय प्रालिमा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्यु आर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरु उपलब्ध गराइएको छ। निकट भविष्यमा अन्य ३५० भन्दा बढी चालकहरुलाई उपलब्ध गराइने कार्यक्रम रहेको छ।

कार्यक्रममा बैंकको तर्फबाट ट्याक्सी चालकहरुका लागि क्यु आर, डेबिट कार्ड तथा अन्य डिजिटल प्रोडक्टहरुको सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्यूनीकरणका उपायहरु सम्बन्धमा झण्डै १ घण्टाको दृष्यचित्रसहित चेतनामुलक सामाग्री प्रस्तुति गरिएको थियो।

पर्यटकीय राजधानी पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्युतीय भुक्तानी प्रणालीबाट सेवाग्राहीहरु तथा ट्याक्सी व्यवसायीहरुसमेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।