+
Search

ताजा अपडेट +

पपुलर +

सबै प्रदेशको सवारी करमा एकरुपता ल्याउन निर्देशन

पालिका लाइभ
२०८० चैत्र १५, बिहीबार

काठमाडौं– राष्ट्रिय योजना आयोग मातहतको राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकमा प्रदेश सवारी करमा एकरूपताको विषय उठेको छ । यतिबेला प्रदेशअनुसार फरक–फरक सवारी कर निर्धारण भएको छ ।

आज बसेको समितिको ५२ औँ बैठकमा प्रदेशको सवारी करबारे छलफल भएको आयोगका प्रवक्ता यमलाल भुसालले बताए ।

समितिको बैठकमा सवारी करलाई एकरूपता निकाल्नका लागि छलफल गरेर समाधान निकाल्न निर्देशन भएको छ ।

प्रदेशलाई नेपालको संविधानले नै कानुनी व्यवस्था स्पष्ट बनाएको छ । यो कानुनलाई कार्यान्वयन गर्ने क्रममा प्रदेशले कानुन तर्जुमा गरेर कार्यान्वयन गर्न सक्ने अधिकार छ । तर यो कानुनबमोजिम प्रदेशले कानुन तर्जुमा गर्दा प्रदेशअनुसार फरक–फरक सवारी कर कायम भएको छ ।

‘कुनै प्रदेशमा धेरै र कुनैमा थोरै सवारी कर भयो । यसलाई व्यवस्थित गर्नका लागि समितिबाट निर्देशन भएको छ,’ उनले भने, ‘यो विषयमा पहिलादेखि नै छलफल भइरहेको र एकरुपता गर्नका लागि यो निर्देशन भएको हो ।’ ‘सङ्घ, प्रदेश तथा स्थानीय सरकार समन्वय तथा अन्तर सम्बद्धता ऐन, २०७७’ अनुसार विषयगत समिति व्यवस्था गरेको छ ।

एक स्थानीय तहमा एक आधारभूत अस्पताल स्थापनाको विषयमा छलफल भएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको पालामा सबै स्थानीय तहमा आधारभूत अस्पताल स्थापनाको योजना अघि सारेका थिए । तर,अस्पताल स्थापनका लागि चाहिने स्रोत सुनिश्चितता भएको छैन । ३९६ वटामध्ये केही अस्पताल निर्माणका लागि स्रोत सुनिश्चित नभएका आयोजनालाई सुनिश्चित गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ