+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल टेलिकमले तामाको तारबाट सञ्चालित सेवा धमाधम बन्द गर्दै, फाइबरमा अपग्रेड गर्न ताकेता

पालिका लाइभ
२०८० चैत्र १३, मंगलवार

काठमाडौं– तामाको तारमा आधारित ल्यान्डलाइन टेलिफोनलाई यथाशीघ्र आधुनिक फाइबर प्रविधिमा अपग्रेड गराउन नेपाल टेलिकमले आग्रह गरेको छ।

चैत १८ गतेदेखि तामाको तारबाट सञ्चालित सेवा बन्द हुने भन्दै टेलिकमले आधुनिक प्रणालीमा रुपान्तरण गर्न सूचित गरेको हो।

टेलिकमको दूरसञ्चार कार्यालय बलम्बुले आफू मातहत पर्ने अधिकांश स्थानहरुमा आधारभूत टेलिफोन (पीएसटीएन) सेवाहरु एफटीटीएच प्रविधिमा माइग्रेसन भइसकेको भन्दै अपग्रेड गर्न आह्‍वान गरेको हो।

कार्यालयले थानकोट, चेकपोस्ट, आयल निगम, केबलबार, पानीघाट, वाणस्थली, महादेवस्थानलगायतका स्थानका ग्राहकहरुलाई फाइबर प्रविधिमा अपग्रेड गर्न भनेको हो।

टेलिकमले देशैभर तामाको तारबाट सञ्चालित सेवालाई फाइबरमा रुपान्तरण गर्दै लगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ