+
Search

ताजा अपडेट +

पपुलर +

मधेश प्रदेशका तीन स्थानीय तहले किन ल्याउन सकेनन् बजेट?

पालिका लाइभ
२०८० चैत्र ५, सोमबार

काठमाडौं– चालू आर्थिक वर्ष सकिनै लाग्दा पनि अझै मधेश प्रदेशका तीन स्थानीय तहले बजेट ल्याउन नसकेको पाइएको छ । जसमा सर्लाहीका दुई स्थानीय तह र रौतहटको एउटा स्थानीय तहले चालू आर्थिक वर्ष ०८०/०८१ को बजेट ल्याउन नसकेका हुन् ।

अहिलेसम्म चालू आर्थिक वर्षको बजेट ल्याउन नसक्ने स्थानीय तहमा सर्लाहीको हरिपुर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिका रहेका छन् भने रौतहटको फतुवा विजयपुर नगरपालिका पनि रहेको छ ।

चालू आर्थिक वर्ष सकिन अब करिव चार महिना मात्रै बांकी छ । चालू आर्थिक वर्षको ८ महिना बितिसेकेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, ०७४ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, ०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउंसभा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ