+
Search

ताजा अपडेट +

पपुलर +

७० करोड टेप प्रकरणको अनुसन्धान जारी, टेरामक्स अनुसन्धानको रिजल्ट चाँडै आउँछ : अख्तियार प्रमुख राई

पालिका लाइभ
२०८० फाल्गुन १५, मंगलवार

काठमाडौं– टेलिकम्युनिकेशन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् टेरामक्स सम्बन्धी मुद्दा छिट्टै विशेष अदालतमा दर्ता हुने भएको छ।

प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईले टेरामक्स प्रकरणमा छिट्टै टुंगोमा पुग्ने जानकारी दिएका हुन्।

यो प्रकरणमा जोडिएकाहरुको बयान लिने काम सकिएको उनले समितिलाई जानकारी गराए। ‘टेरामिक्समा अनुसन्धान सकिएको छ। हामी छिट्टै विशेष अदालतमा संलग्न देखिएकाहरुलाई प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गर्छौं,’ प्रमुख आयुक्त राईले भने।

राईका अनुसार, सुरक्षण मुद्रण केन्द्रअन्तर्गत सेक्युरिटी प्रेस खरिद योजनाको टेप प्रकरणको पनि आयोगले अनुसन्धान गरिरहेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स खरिद एवं जडान गर्ने योजना अघि सारेपछि यो योजनामा अनियमितता भएको भन्दै संसदीय समितिले समेत सिफारिस गरेपछि आयोगले अनुसन्धानलाई टुंग्याउने गरी काम गरेको हो।

०७६ फागुनमा तत्कालीन सञ्चारमन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनको मागेको भनिएको अडियो सार्वजनिक भएको थियो ।

अनुसन्धान अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ