+
Search

ताजा अपडेट +

पपुलर +

आयल निगमको कार्यकारी निर्देशकमा गाेरखाका चण्डिका भट्ट नियुक्त

पालिका लाइभ
२०८० फाल्गुन ६, आईतवार

काठमाडौं– सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा चन्डिकाप्रसाद भट्टलाई नियुक्त गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा भट्टलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

डा भट्ट यसअघि पनि कार्यकारी निर्देशक भएका थिए। भट्टले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणालीको सुरुवात गरेका थिए।

कार्यकारी निर्देशक छनोट समितिको बैठकले गोरखाका भट्टका साथै तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका उमेशप्रसाद थानीको नाम सिफारिस गरेको थियो।

भट्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको निकाय विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)का कार्यकारी निर्देशक थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ