+
Search

ताजा अपडेट +

पपुलर +

मेरो माइक्रोफाइनान्सको साधारण सभा माघ २६ मा, यस वर्ष छैन लाभांश

पालिका लाइभ
२०८० पुष २९, आईतवार

काठमाडौं– मेरो माइक्रो फाइनान्स माघ २६ गते ११औँ वार्षिक साधारण सभा बोलाएको छ । पुस २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नुवाकोटमा  गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

हाल कायम रहेको पुजी संरचनालाई परिवर्तन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।

सभाले संस्थापक तर्फ ६९ दशमलव ४० प्रतिशत र सर्वसाधारण तर्फ ३० दशमलव ६० प्रतिशत हाल रहेकोमा सोलाई परिवर्तन गरी संस्थापक तर्फ ४९ दशमलव ४० प्रतिशत र सर्वसाधारण तर्फ ४० दशमलव ६० प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

यस वर्ष लाभांश भने वितरण नगर्ने निर्णय कम्पनीले गरेको छ । विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो ।

गत वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

११औँ वार्षिक साधारण सभाका लागि कम्पनीले माघ ५ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

बुक क्लोजको आधारमा माघ ४ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ