+
Search

ताजा अपडेट +

पपुलर +

टेलिकमले ल्यायो एनटी फाइबर प्याकेजमा यस्ताे अफर

पालिका लाइभ
२०८० आश्विन २३, मंगलवार

काठमाडौं– नेपाल टेलिकमले एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ ।

टेलिकमले यही बिहीबार(असोज २५) देखि लागू हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको हो ।

अफर अन्तर्गत सेवाग्राहीले एनटी फाइबरमा हाल उपलब्ध गराउँदै आएको स्पिडलाई २५० प्रतिशतसम्म पुग्नेगरी व्याण्डविथमा बढोत्तरी गरिएको छ ।

अफरमा हाल १० एमविपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका सेवाग्राहीले सोही मूल्यमै २५ एमबीपीएस र २० वा ३० एमबीपीएस गतिको इन्टरनेट चलाइरहेका सेवाग्राहीले सोही मूल्यमा ५० एमबीपीएसको सेवा प्रयोग गर्न सक्नेछन् ।

त्यस्तै, ४० एमबीपीएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकहरुले सोही मूल्यमा १०० एमबीपीएसको सेवा प्राप्त गर्नेछन् ।

हाल ८० एमबीपीएस सेवा लिइरहेका सेवाग्राहीहरुलाई पुरानै दरमा १५० एमबीपीएस गतिको सेवा उपलब्ध हुनेछ भने हाल उपलब्ध हुँदै आएको ‘फेयर यूसेज पोलिसी’ लिमिटलाई समेत बढोत्तरी गरिएको छ ।

त्यसैगरी, हाल ३० एमबीपीएस र सो भन्दा माथिको एक वर्षको प्याकेज लिँदा दैनिक ३०० एमबी डाटा सेवाको सुविधा पनि उपलब्ध हुने जनाइएको छ ।

सेवा उपयोग गर्नका लागि एनटी फाइबर सेवा लिंदा उपलब्ध गराइएको टेलिकमको मोबाइल नम्बरबाट ‘स्टार १४१५ ह्यसट्रयक’ डायल गरि लिन सक्नेछन् ।

telecom offer 1 1536x1536 1

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ