+
Search

ताजा अपडेट +

पपुलर +

गल्ती गरेँ भने राजीनामा दिन्छु : उद्योगमन्त्री रिजाल

पालिका लाइभ
२०८० आश्विन २३, मंगलवार

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तामाथि ठगी गर्ने खालको कुनै पनि काम आफूबाट हुन नसक्ने बताएका छन् ।

आफूले उपभोक्ताको नाममा बदमासी गरेको प्रमाणित भए तत्काल पदबाट राजीनामा दिने उनको भनाइ छ ।

सोमबार सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले नै चाडपर्वलाई ध्यानमा राखेर सरकारले आम उपभोक्तामा हित हुनेगरी आवश्यक व्यवस्था मिलाउन नसकेको गुनासो गरेका थिए ।

उद्योग मन्त्री रिजालले चाडपर्वका बेलामा पनि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको स्वीकार गरे ।

कालो बजारी गर्नेहरुलाई सोही अनुसारको दण्डसजायको व्यवस्था गर्न कानूनकै अभाव रहेको भन्दै उनले आगामी दिनमा त्यसमा सुधार गर्दै लैजाने बताए ।

तर व्यक्तिगत रुपमा आफूले कुनै गल्ती नगरेको भन्दै मन्त्री रिजालले भने, ‘मैले कुनै दिन गल्ती गरे भने तुरुन्तै राजीनामा दिएर बाहिर जान्छु भन्ने विश्वास दिलाउन चाहन्छु । मलाई न त्यो जरुरत छ, न म बाट कमिशन खाने काम हुन्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ