+
Search

ताजा अपडेट +

पपुलर +

एमाले र कांग्रेसको संयुक्त सरकार बन्ने कुनै सम्भावना छैन : मन्त्री साउँद

पालिका लाइभ
२०८० असार १६, शनिबार

डडेलधुरा – परराष्ट्रमन्त्री एनपी साउँदले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बन्ने कुनै सम्भावना नरहेको बताएका छन् ।

उनले भने, ‘हामीलाई पुस १० गतेको घटना हेक्का रहेकै छ । हामीले इतिहासबाट पाठ सिक्नुपर्छ । त्यसैले अहिले एमालेसँग नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने कुनै पनि सम्भावना छैन ।’

डडेलधुरा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साउँदले आफूहरू प्रतिपक्षका मागलाई अधिकतम सम्बोधन गर्ने प्रयत्नमा रहेको उल्लेख गरे ।

मन्त्री साउँदले कालापानी र लिम्पियाधुरा क्षेत्रको समस्या समाधानका लागि भारतसँग कूटनीतिक रूपमा कुरा अगाडि बढेको पनि बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ