काठमाडौँ- सत्ता गठबन्धनका तर्फबाट तनहुँ–१ का उम्मेदवार गोविन्द भट्टराईले तनहुँले अब आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, शैक्षिक, व्यावसायिक सबै प्यास मेट्ने बताएका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका भट्टराईले मतदाताहरूले देखेका सपनाहरू पनि चाँडै पूरा हुने दाबी गरेका छन्।
‘अब तनहुँ तिर्खाउने छैन। तनहुँले आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, शैक्षिक, व्यावसायिक सबै प्यास मेट्ने छ,’ भट्टराईले भनेका छन्, ‘अबको यो यात्रामा यहाँहरूको माया र साथको अपेक्षामा। उही यहाँहरूको, पानी मान्छे।’
२०६८ सालमा आफूले तनहुँको पोखरीछापमा भएको एक घटना सेयर गर्दै उनले आफ्नो योजनामा ६० भन्दा बढी खानेपानी धाराहरु जोडिएको देख्दा खुसी लागेको बताएका छन्।
प्रतिक्रिया