+
Search

ताजा अपडेट +

पपुलर +

पाल्पा पुगेर नारायणकाजीले भने : कांग्रेसले दिएको विश्वासको मतलाई कदर गर्नुपर्छ

पालिका लाइभ
२०७९ फाल्गुन १२, शुक्रबार

पाल्पा– उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतलाई कदर गर्नुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शुक्रबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रिय सहमतिमै राष्ट्रपतिको टुङ्गो लगाउने प्रयत्न भइरहेको बताए ।

कांग्रेसलाई राष्ट्रपति दिने गरि बेलुका बसेकाे आठ दलले सहमति गरेसकेकाे छ भने राष्ट्रपतिमा कांग्रेसका वरिष्ट्र नेता रामचन्द्र पौडेलको नाम टुंगिए जस्तै भएकाे दावी गरिएकाे छ ।

उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालवीच करिब ४५ मिनेट वार्ता भएकाे छ । नेपालसँगको वार्तापछि अध्यक्ष ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ