+
Search

ताजा अपडेट +

पपुलर +

पुनः सक्रिय हुँदै समीक्षा, सार्वजनिक गरिन् यस्ता तस्वीर

पालिका लाइभ
२०७९ पुष २१, बिहीबार

काठमाडौं– ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍गायिका समीक्षा अधिकारी बिस्तारै गायनमा पहिलेकै सक्रियता फर्काउ

ने कसरतमा छिन्। लोकप्रिय समीक्षाको सांगीतिक करिअरमा अघिल्लो वर्षबाट लगभग ब्रेक लागेको थियो। लामो समय सामाजिक सञ्जालबाट पनि विश्राम लिएकी समीक्षालाई करिअरमा पिकअप लिन भने निकै गाह्रो भइरहेको छ।

1660544135 irIQF

स्टेज कार्यक्रममा निकै व्यस्त बनिसकेकी समीक्षाले पछिल्लो समय सहभागिता जनाउन पाएकी छैनन्। बल्ल पाएका स्टेज शोमा पनि विरोध गर्नेहरुका कारण जान सक्ने अवस्था सिर्जना भइसकेको छैन। तर गीत रेकर्डिङमा भने समीक्षा फर्किएकी छन्। उनको सांगीतिक करिअर बिस्तारै लयमा फर्किंदै गएको छ।

Samikshya Adhikari

पछिल्लो समय जिममा समेत व्यस्त रहेकी समीक्षा हरेक दिन नयाँ गीत रेकर्ड गरिरहेकी छन्। उनका नयाँ गीत युट्युबमा रिलिज हुने क्रम पनि बढेको छ। पछिल्ला केही दिनमा उनका चार गीत रिलिज भइसकेका छन्।

गीतकार राजेन्द्र थापाको शब्दमा समीक्षाले स्वर दिएको ‘यस्तो नहोस् कसैलाई’ बोलको गीत केही दिनअघि रिलिज भयो। थापाले उक्त गीत समीक्षाका लागि नै लेखिएको बताए।

गीत गाउँदै गर्दा समीक्षा रोएको आवाज भिडिओमै राखेर सार्वजनिक गरियो। गीतले निकै चर्चा पायो।

त्यसयता उनको स्वरमा ‘भो कुरै नगर’, ‘दर्पण छायाँमा’, ‘निभेको चुलो’लगायत गीत सार्वजनिक भए। समीक्षा गायनसँगै सामाजिक सञ्जालमा पनि सक्रिय हुन थालेकी छन्।

Samikshya1654264625

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ