+
Search

ताजा अपडेट +

पपुलर +

नेकपा विभाजनपछि पहिलो पटक बालकोटमा प्रचण्ड

पालिका लाइभ
२०७९ पुष १०, आईतवार

काठमाडौं– नेकपा विभाजनपछि पहिलो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकबाट बाहिरिएका प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान कसेपछि प्रचण्ड ओली भेट्न पुगेका हुन् । ओलीले ०७७ पुस ४ गते संसद् विघटन गरेपछि ओली र प्रचण्डबीच सम्बन्धमा दरार आएको थियो।

balkot oli prachanda

तर, अहिले कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने भएपछि प्रचण्डले गठबन्धन तोडेर एमालेसँग पुनः सहकार्यको हात बढाएका हुन्।०७४ सालको निर्वाचनमा एमाले र माओवादी मिलेर चुनाव लडेपछि दुई तिहाइ नजिकको बहुमत प्राप्त गरेका थिए।

दुई नेताबीच सम्बन्ध बिग्रिएपछि पहिलो पटक औपचारिक रूपमा दुई नेताबीच भेटवार्ता भएको हो । कांग्रेसले अन्तिम समयसम्म अडान नछाडेपछि ओलीसँग मिलाउनका लागि माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले भूमिका खेलेको हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ । बालेकाेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र जसपा नेता अशोक राई बालकोटका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ