काठमाडौं– सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गतेका लागी प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको मिति तोकेको छ ।
स्थानिय तहको निर्वाचनमा गठबन्धन गरेका दलहरु संघिय निर्वाचनमा पनि गठबन्धन गर्ने दाउमा रहेका छन् ।
निर्वाचनमा काग्रेससँग गठबन्धन गरेर नेकपा एमालेलाई चुनाव हराउँछौ भनेर कस्सीएका नेकपा मााओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई राजनितीक विश्लेषक डा सुरेन्द्र केसिले जवाफ दिएका छन् ।
वाम गठबन्धन भनेर निर्वाचन जितेर अहिले प्रचण्ड र माधव नेपालले देउवाको पाउमा सत्ता वुझाएको भन्दै डा केसीले अहिले देउवाले प्रचण्ड र माधव नेपाललाई भैसी चराएको जसरी चराइरहेको दाबी गरेका छन् ।
काग्रेसलाई सरकार चलाउँने जनमत प्राप्त नभएको जिकिर गर्दै डा केसीले यो लोकतन्त्रको भद्दा मजाक भएको बताएका छन् ।
राजनितिक विश्लेषक डा केसीले काग्रेस र कम्युष्टिको गबठन्धन सैद्धान्तिक रुपमा अप्राकृतिक भए पनि नेपालमा राजनिती एउटा व्यवसाय भएका कारण जे पनि सम्भव हुने बताएका छन् ।
विचार र मूल्य मान्यताका आधारमा गठन्धन हुने हो भने देउवा र प्रचण्डको गठबन्धन कसरी हुन्छत रु टाउको काट्ने र काटिनेको विचका केहि गरि गठबन्धन हुन्छ? डा केसीले प्रश्न गरेका छन् ।
मूल्य मान्यता र सिद्धान्तबाट च्यूत भएको राजनितीमा मात्रै यस्तो जे पनि सम्भव हुन्छ। डा केसीले भनेका छन् ।
नेपाली काग्रेसको केन्द्रिय समितीले गठबन्धन गर्ने निर्णय गरेको भनेर दंग परिरहेका माओवादी केन्द्र र नेकपा एसका कार्यकर्तालाई झसंग हुने गरि डा केसीले नयाँ खुलासा पनि गरेका छन् । काग्रेसले गरेको निर्णय राम्रो सँग बुझ्ने हो भने गठबन्धन नगर्ने भन्ने निर्णय गरेको दाबी डा केसीको छ ।
काग्रेसले आवश्यकता र अवस्थाका आधारमा तालमेल गर्न सक्ने भनेको छ गठबन्धन गर्ने कुरा त गरेको छैन प्रचण्ड र माधव नेपाललाई पनि झुक्काएको छ र तल कार्यकर्ताको भावनालाई पनि कागे्रसले बोकेको छ ।
तालमेल गर्ने अधिकार स्थानिय तहलाई दिने भए पनि गठबन्धन नहुने भन्ने निर्णय पो काग्रेसले गरेको छ । डा केसीको तर्क छ ।
माथीबाट देउवा र प्रचण्डले जतीनै गठबन्धनको रटान लगाए पनि तल बस्तुगत यथार्थ भने गठबन्धन बन्न नसक्ने खालको रहेको दाबी डा केसीले गरेका छन् । काग्रेस र माओवादीका विचमा घरघरमा समस्या रहेको भन्दै हात काट्नेलाई कसरी भोट हाल्छौ भनेर काग्रेस कार्यकर्ता बसेको डा केसीको मत छ ।
देउवा आफैँले एमाले बलियो छ भनेर सार्वजनिक अभिव्यक्ति दिएको र काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले एमालेलाई साइजमा राख्न भए पनि गठबन्धन गर्नु पर्ने कुरा गरेको स्मरण गर्दै डा केसीले काग्रेस पराजित मानसिकतामा गएको भनेका छन् ।
परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेको तर्फ संकेत गर्दै डा केसीले श्यालबहादुरलाई शेरबहादुर बनाएको त प्रचण्डलेनै हो भनेका छन् ।
प्रतिक्रिया