गोरखा– अनेरास्वबियु गण्डकी कमिटिकाे आयोजनामा प्रदेशका एघार जिल्लामा प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र मन्त्रीहरुका आफ्न्तको ट्रस्टका लागि आर्थिक सहयोग गर्न भन्दै एक रुपैयाँ चन्दा संकलन अभियान सुरु गरेको छ ।
प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि ल्याएका बजेटमा मुख्यमन्त्री र मन्त्रीहरुको आफ्ना नजिकका आफ्न्त र परिवारको नाममा बजेट बिजियोजन गरेको बिरोधमा प्रदेशका एघार जिल्लासहित गोरखामा सांकेतिक बिरोध स्वरुप एक रुपैयाँ चन्दा संकलन सुरु गरेको हो ।
तर, अनेरास्वबियुले गरेकाे सांक्रेतिक विराेध अभियानमा जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रमुख (एसपी) केदार खनाल, प्रहरी निरिक्षक हिमनाथ पाैडेललगायतका नेतृत्वकाे मुख्यमन्त्री र मन्त्रीको फोटो प्रहरीले छोप्न लगाए । प्रहरी निरिक्षक घिमिरेले त मुख्यमन्त्री पाेखरेलकाे रू १ अभियान लेखिएकाे संकलन बस्क नै नियन्त्रणमा लिएका थिए ।
गोरखामा आज र भोली दुई दिन सांकेतिक बिरोध स्वरुप चन्दा संकलन गर्ने अनेरास्वबियु गोरखाका संयोजक प्रताप ढकालले जानकारी दिए। संकलित चन्दा मंगलबार मुख्यमन्त्रीको कार्यालयमा बुझाउने तयारी छ ।
बिहान १० बजेदेखि १२ बजेसम्म गरिएको कार्यक्रममा एमाले जिल्ला समितिका सचिवालय सदस्य सुमन श्रेष्ठ, सहसंयोजक सुवास श्रेष्ठ र राष्ट्रिय युवासंघ नेपाल नगर कमिटीका अध्यक्ष लक्ष्मण श्रेष्ठ लगायतले सहभागिता रहेको थियो ।
गण्डकी प्रदेश सरकारले मन्त्री र मुख्यमन्त्रीका आफन्तको नाममा रहेको ट्रस्टका लागि रकम बिनियोजन गरेपछि अहिले सवैतिर त्यसको चर्को आलोचना भइरहेको छ ।
प्रतिक्रिया