+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस पालुङटारमा भूकम्प : वडाध्यक्षका उम्मेदवारले दिए सामूहिक राजीनामा

लीलाधर काेइराला
२०७९ बैशाख १८, आईतवार

गाेरखा– नेपाली कांग्रेस, पालुङटार नगरपालिकामा हङ्गामा मच्चिएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मेयर पदका उम्मेदवार दीपकबाबु कँडेलको उम्मेदवारी फिर्ता गर्न पत्र पठाएपछि पालुङटार कांग्रेसमा हङ्गामा मच्चिएको हो ।

मेयर पदका उम्मेदवार कँडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका थिए– ‘नेपाली कांग्रेस पार्टीलाई पालुङटार नगरपालिकाको प्रमुख पदमा मलाई उम्मेदवार बनाएको भएतापनि पछिल्लो समय नेपाली कांग्रेस केन्द्रले गरेको निर्णयलाई स्वीकार गरी सम्पूर्ण नगरवासी दाजुभाइ दिदीबहिनीहरू समक्ष पार्टीको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्दछु ।’

मेयर पदमा देउवाले हस्तक्षेप गरेको भन्दै काँग्रेसबाट उम्मेदवार बनेका १० वटै वडाका उम्मेदवारले सामूहिक राजीनामा दिएका छन् । देउवाले जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार प्रेम बहादुर गुरुङलाई सहयोग गर्न भन्दै गत १२ गते पत्र पठाएका थिए ।

पालुङटारका १० वडाका वडाध्यक्षका उम्मेदवारले नगर सभापति विमल ढकाललाई राजीनामा बुझाएका हुन् । साँझ बसेको नगर समितिको बैठकले नगर समिति मार्फत जिल्ला कार्यसमिति, गोरखामा राजीनामा पत्र पठाउने निर्णय गरेको एक नेता बताउँछन् ।

भन्छन्- ‘नगरका १० वडाका वडाध्यक्षका उम्मेदवारले सामूहिक राजीनामा दिनु भएको छ । उहाँहरूले नगर समितिमा राजीनामा बुझाउनु भएको हो । अहिले नगरको बैठक बसिरहेको छ । यहाँबाट जिल्ला कार्यसमितिमा राजीनामा बुझाउन तयारी गरेका छन् ।’

जिल्ला कार्यसमितिका अनुसार पालुङटारकाे विवाद सञ्चार माध्यम मार्फत थाहा पाएको भए पनि आधिकारिक जानकारीमा नआएको दाबी छ । गत वैशाख १६ गते जसपाका संघिय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र पार्टी सभापति देउवाविच भएको सहमति अनुसार पालुङटारमा गठबन्धन बनेको थियो ।

ढिलो गरी निर्वाचन अधिकृतको कार्यालयमा काँग्रेसबाट मेयर पदको उम्मेदवारी फिर्ताको पत्र पाएको भन्दै कंडलेकाे उम्मेदवारी कायम राखेको छ । साथै, मेयर पदका उम्मेदवार कँडेल कुनै पनि हालतमा पालुङटार अन्य पार्टीलाई छोड्न नसक्ने बताउँदै आएका थिए ।

याे पनि,

पालुङटारमा कांग्रेस र जसपाबीच तालमेल, पछि हटे कँडेल

देउवाले खोसे पालुङटार मेयरको टिकट

बाबुरामकाे साख र इज्जत जाेगाउन कांग्रेसले पालुङटारमा गठबन्धन गर्दैन

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला