+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाका दलसिह कामीलाई प्रबल जनसेवा श्री सम्मान

पालिका लाइभ
२०७९ बैशाख १, बिहीबार

तस्बिर : सम्मान र तक्माका साथ श्रीमति मिठु कामी

गाेरखा- राष्ट्रियसभाका पूर्व सांसद दलसिह कामीलाई जनसेवा श्री चतुर्थबाट सम्मानित गएको छ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व सांसद कामीलाई मरोणपरान्त उपाधिबाट सम्मान गरेकी हुन् ।

०५२-०५४ मा राष्ट्रिय सभाका सांसद भएका कामी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा दलित संघका अध्यक्ष समेत थिए।

बारपाक सलिकोट गाउँपालिका-५, साविकको ताम्लाबोट गाविसमा जन्मिएका कामी प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सरिक हुदा सर्वस्व हरण तथा पटक पटक जेलसमेत परेका थिए ।

दलसिह कामीको २०६५ मंसीरमा मृत्यू भएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ