+
Search

ताजा अपडेट +

पपुलर +

जीवन विकास लघुवित्तको आइपीओ असार ११ गतेदेखि, कति दिने आवेदन ?

पालिका लाइभ
२०७८ असार ३, बिहीबार

काठमाडौं– जीवन विकास लघुवित्त वित्तीय संस्थाले असार ११ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीको जारी पुँजी ६० करोड ८४ लाखमध्ये ३२.५० प्रतिशतले हुन आउने १९ करोड ७७ लाख ३० हजार रुपैयाँ रकम बराबरको प्रति सेय१०० रुपैयाँ अंकितका दरले १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ जारी गर्न लागेको हो ।

जसमध्ये करामचारीहरुलाई ९८ हजार ८६४ कित्ता सेयर र सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी रहेको १८ लाख ४८ हजार १५कित्तामा सर्वसाधारणले आइपीओका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओ असार ११ गते खुलेर छिटोमा असार १५ गते र ढिलोमा असार २५ गते बन्द हुनेछ । कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १००० कित्तासम्म आवेदन दिन पाइनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ