+
Search

ताजा अपडेट +

पपुलर +

विजय दुगड र सुरज बैद्यलाई एकपैसा पनि कमिशन दिँदैनौँ : स्वास्थ्यमन्त्री त्रिपाठी

पालिका लाइभ
२०७८ बैशाख २६, आईतवार

काठमाडौँ- कोरोना खोपमा कमिशन खोज्नेहरूलाई एकपैसा पनि नदिने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदय त्रिपाठीले बताएका छन् ।

त्रिपाठीले एक टेलिभिजनसँगको अन्तर्वार्तामा विजय दुगड र सुरज बैद्यलाई एकपैसा कमिशन नदिने बताए ।

‘सरकारले पैसा तिर्ने, सरकारले भारतसँग कुरा गरेर कोरोनाविरुद्धको खोप ल्याउने’, उनले भने, ‘सरकारले किनेको खोपमा कमिशन खोज्नेहरूलाई एकपैसा पनि दिँदैनौँ ।’

निजी क्षेत्रले कोरोनाविरुद्धको खोप ल्याएर दश प्रतिशतसम्म कमिशन लिन पाउने मन्त्री त्रिपाठीले बताए । दश प्रतिशतभन्दा धेरै कमिशन खान नपाउने उनले बताए ।

कोरोनाविरुद्धको खोप ल्याउन सुरक्ष बैद्य र विजय दुगडको कुनै पनि संलग्नता नरहेको मन्त्री त्रिपाठीले बताए । त्रिपाठीले भने, ‘खोप ल्याउन उहाँहरूको कुनै पनि सहयोग छैन । संलग्नता छैन ।’

विजय दुगड र सुरज बैद्यले सरकारले ल्याएको कोरोनाविरुद्धको खोपमा कमिशन मागेर खोप ल्याउन नदिएको भनेर आरोप लागेका बेला मन्त्री त्रिपाठीले दुगड र बैद्यले कमिशन नपाउने बताएका हुन् ।

मन्त्री त्रिपाठीले भारतबाहेक रुस, बेलायत, अमेरिकालगायतका देशहरूसँग पनि खोप ल्याउने विषयमा कुराकानी भइरहेको बताएका छन् । उनले खोप ल्याएर निःशुल्क लगाइने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ