+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस आफ्नै तागतमा जनताको बीचमा जान्छ, निर्वाचन देखि भाग्दैन- सुरेन्द्रराज पाण्डे

पालिका लाइभ
२०७७ पुष ६, सोमबार

काठमाडौं– नेपाली कांग्रेस (नेका)का नेता सुरेन्द्रराज पाण्डेले आफ्नो पार्टी निर्वाचनबाट नभाग्ने बताएका छन्। सरकारले प्रतिनिधसभा विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘नेपाली कांग्रेस आफ्नै तागतमा जनताको बीचमा जान्छ, निर्वाचन देखि भाग्दैन,’ पाण्डेले ट्वीटर मार्फत भनेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई जनताले दिएको बहुमतको अपमान र संसद भङ्ग गराएको दण्ड आगामी दिनमा जनताले दिने समेत उनले दाबी गरेका छन्।

‘प्रधानमन्त्रीको कदम असंवैधानिक भए पनि यो अवस्था आउनुमा सिङ्गो पार्टी जिम्मेवार छ। प्रचण्ड वा माधव वा केपीसँग कांग्रेस सति जाँदैन,’ उनले भनेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ