+
Search

ताजा अपडेट +

पपुलर +

नारायणकाजीलाई बाबुरामको जवाफ- जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊँ!

पालिका लाइभ
२०७७ आश्विन २९, बिहीबार

काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा प्रवक्ता नारायणकाजीप्रति लक्षित गर्दै गर्दै जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउन आग्रह गरेका छन्।

बूढीगण्डकी आयोजनामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार गरेको भनी दिएको अभिव्यक्तिको विषयमा डा भट्टराईले क्षमायाचना गर्नुपर्ने बताएपछि प्रवक्ता श्रेष्ठलाई डा भट्टराईले कडा जवाफ फर्काएका हुन्।

‘बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं। म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु। जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ,’ डा भट्टराईको ट्विटमा लेखिएको छ।

एक साता अघि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्ड नै बूढीगण्डकी आयोजनामा भ्रष्टाचारमा संलग्न भएको अभिव्यक्ति दिएका थिए। यसपछि यो विषयले राजनीतिक वृत्तमा बहसको विषय हुँदै आएको छ। बाबुरामको सो भनाइप्रति कांग्रेसले समेत आपत्ति जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ