फाइल तस्बिर
अर्घाखाँची- पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षाका कारण गोरुसिङ्गे-सन्धिखर्क सडकखण्डको दह खोलामा ठूलो पहिरो गएकाे छ ।
दह खोलामा पहिरो जादाँ सडक अवरुद्ध भएको हाे ।
सडकखण्डको विभिन्न ठाउँमा स साना पहिरो गएपनि दह खोलामा गएराति ठूलो पहिरो झरेको हो ।
सडक अवरूद्द भएपछि बिरामी बोकेका एम्बुलेन्ससमेत रोकिएका छन् । मालवाहक, निजी तथा सार्वजनिक सवारी साधनहरू पनि बीच बाटोमा अलपत्र परेका छन् । यात्रुहरू बिच बाटोमा अलपत्र परेका छन् ।
बिहीबार बिहानैदेखि पहिरो हटाउने प्रयास भैरहेको, तर पहिरो निकै ठूलो भएकाले सडक खुलाउन समय लाग्ने प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया