काठमाडाैं– नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेकाे सङ्ख्या ९५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएसँगै मृतककाे कुल सङ्ख्या ९५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले अहिलेसम्म ७३ जना पुरुष र २२ जना महिला गरी ९५ जनाको मृत्यु भएकाे बताएका हुन् ।
पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ८३७ उपचारपछि निको भएका छन्।
पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ५९ जनाको पिसिआर परीक्षण भएको छ। हाल १४ हजार ७ सय ६९ जना क्वारेन्टाइनमा छन्।
प्रतिक्रिया