+
Search

ताजा अपडेट +

पपुलर +

दुबईबाट फर्केकी महिलाले जन्माएको शिशुलाई बेवारिसे भन्दै यसरी बनाइयो कार्टुनमा राखेर भाइरल

पालिका लाइभ
२०७७ श्रावण २१, बुधबार

काठमाडौं- कार्टुनमा प्याक गरेको अवस्थामा कपनको चौरमा अलपत्र फेलापरेको भनिएको शिशु आमाकै सहमतिमा बालगृहको जिम्मा लगाइएको खुलेको छ।

प्रहरी र राष्ट्रिय बाल परिषद्को अनुसन्धानबाट आप्रवासी कामदार महिला समूह (अम्कास) ले कपनस्थित केयर बालगृहलाई शिशु जिम्मा लगाएको पत्ता लागेको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

गत १२ साउनमा कार्टुनमा प्याक गरिएको शिशु चौरमा फेलापारेको भन्दै केयर बालगृहकै एक बोर्ड सदस्यले फेसबुकमा फोटो हालेपछि सामाजिक सञ्जालमा भइरल भएको थियो । त्यसलगत्तै शिशुका लागि देशविदेशबाट सहयोगसमेत संकलन भएको छ।

तर, अम्कासकी कार्यक्रम संयोजक जमुना गिरीले १२ साउनमा बालगृहकी सञ्चालिका पुष्पा अधिकारीलाई शिशु जिम्मा लगाएको अनुसन्धानबाट खुलेको छ । बाल परिषद्की कार्यक्रम व्यवस्थापक नमुना भुसालका अनुसार शिशु हस्तान्तरण गर्दा दुई पक्षबीच लिखित सम्झौतासमेत भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ