कास्की- गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणबाट थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद बिन्दु शर्माले जनाए अनुसार तनहुँका १, म्याग्दीका २ र कास्कीका ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
यस मध्ये कास्कीमा एक जना महिला रहेकी छिन ।
योसंगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १४८५ पुगेको छ ।
संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया