+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपतिलाई बाबुरामको प्रश्नः जनतालाई बताउन नहुने कुरा राष्ट्राध्यक्षले गर्न मिल्छ?

पालिका लाइभ
२०७७ श्रावण ११, आईतवार

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीप्रति व्यांग्यात्मक टिप्पणी गर्दै जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ‘नयाँ राजा रानी बन्न’ गणतन्त्र स्थापना गरिएको हैन भनेका छन्।

शुक्रबार राष्ट्रपति भण्डारीले ३० जना सम्पादकहरूसँग शितलनिवासमा गरेको छलफल अन्तिममा ‘अफ दि रेकर्ड’ राख्न भनेपछि त्यो भेटको औचित्यबारे विभिन्न क्षेत्रबाट प्रश्न उठिरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी आएको हो।

नेकपाभित्रको विवादमा राष्ट्रपति संस्थासमेत बद्नाम हुनेगरी राष्ट्रपति भण्डारी सक्रिय भएको र शितलनिवासलाई नेकपाको हेडक्वार्टरजस्तो बनाइएको आरोप लाग्दै आएको छ।

‘हामीले देशमा राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना गरेको आफु नयाँ राजा रानी बन्न होइन’, भट्टराईले भनेका छन्, ‘३० जना सम्पादक बोलाएर २ घण्टासम्म जनतालाई बताउन नहुने कुरा राष्ट्राध्यक्षले गर्न मिल्छ?’

व्यांग्यात्मक शैलीमा भट्टराईले थप भनेका छन्, ‘गफै मात्र गर्न त बेरोजगार मान्छे सडकबाट टिपे भैहाल्यो। राजनीति गर्ने भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनौं न त!’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ