+
Search

ताजा अपडेट +

पपुलर +

पहिरोले नौली खोला थुनियो, ८० घरधुरी जोखिममा

पालिका लाइभ
२०७७ श्रावण १०, शनिबार

गोरखा- धार्चे गाउँपालिका–७ लापुमा पहिरो जाँदा बुढीगण्डकीको सहायक नदी नौलीखोला थुनिएको छ।

स्थानीयका अनुसार शुक्रबार राति लापुस्थित चिङ्गारनजिकै पहिराे खसेर खाेला थुनिएकाे हाे।

खाेला थुनिएपछि तल्लो तटीय क्षेत्रसहित बुढीगण्डकी नदी किनारका बासिन्दालाई सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ।

जोखिम बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदैछ। करिव ८० घरधुरी जोखिममा रहेको बताइएकाे छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ