+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाका र तनुहँ जोड्ने तुरतुरे पुलमा बाढीले क्षति, आवाज–जावत अबरुद्ध

पालिका लाइभ
२०७७ असार ५, शुक्रबार

गोरखा- बाढीसँगै पहिरोले पुलको एकातिरको भाग कटान गरेपछि पालुङटार छिर्ने मुख्य नाका बिहीबार बिहानदेखि अवरुद्ध भएको छ ।

पालुङटार नगरपालिका–५ र तनहुँको भानु नगरपालिका–३ तुरतुरे जोड्ने गरीे मर्स्याङदी नदीमा हालिएको बेलीब्रिज कटानमा परेको हो ।

पुलको तुरतुरेतर्फको भागमा बाटो नै बगेको छ । बर्खासँगै पानीको बहाब बढ्दा पुलको जिप करिब चार फुट कटान भएको पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले बताए ।

‘मान्छे हिँड्नै डरमर्दो छ, तुरतुरे नाकाबाट तत्काल गाडी हिँड्न सम्भव देखिँदैन,’ उनले भने ।

करिब १५ वर्षअघि बनेको उक्त बेलिब्रिजलाई विस्थापन गर्न मोटरेबल पुल पनि निर्माणाधीन छ । मोटरेबल पुल निर्माणका क्रममा पानी दुईतिर कटान नगरिएकाले अहिले बेलिब्रिजमा क्षति पुगेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ