काठमाडौं- विगत २४ घण्टायता नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ६५९१ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ। नेपालमा सोमबारसम्म १९ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
प्रतिक्रिया