+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४४ पुग्याे

पालिका लाइभ
२०७७ जेष्ठ २७, मंगलवार

काठमाडौं- गण्डकी प्रदेशमा आज मंगलबार बिहानै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय अनुसार योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ।

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार मंगलबार नवलपरासी पूर्वका १२, बाग्लुङका ११ र म्याग्दीका एक जनामा कोरोना पुष्टि भएको हो।

नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व)का बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका ४०, १९, ३०, १८ देखि ३० वर्षका पुरुषमा संक्रमण पुष्टि भएको शर्माले जनाए।

उनीहरुलाई जिल्लाको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यस्तै म्याग्दीको बेनी नगरपालिकाका ४६ वरषका एक पुरुष तथा बाग्लुङका निसीखोला गाउँपालिकाका ३ पुरुष र बरेङ गाउँपालिकाका ८ जना पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

उनीहरुलाई सम्बन्धित जिल्लाको सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको शर्माले जनाए।

नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ७ सय ८६ पुगेको छ।

 

15201201 korona update

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ