+
Search

ताजा अपडेट +

पपुलर +

भारत र चीन दुवैतिर एक साताका लागि आवागमन बन्द

पालिका लाइभ
२०७६ चैत्र १०, सोमबार

काठमाडौं- मन्त्रिपरिषद् बैठकले भारत र चीनसँगको सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ।

सोमबार बिहान १० बजेदेखि नाकामा आवागमन बन्द गरिने एक मन्त्रीले नेपालखबरलाई बताए। भारतमा कोरोना भाइरस संक्रमण विस्तार हुँदै जाँदा सरकाले यस्तो निर्णय गरेको हो।

कोरोना महामारी रोकथामका लागि ५० करोड रुपैयाँको कोष पनि स्थापना गर्ने निर्णय गरेको छ। सो कोषमा सबै मन्त्रीले एक महिनाको तलब सहयोग गर्ने निर्णय गरेका छन्।

सो कोषमा इच्छुक सबैले सहयोग गर्न सरकारले आह्वान गर्ने निर्णय पनि गरेको छ। त्यस्तै मन्त्रिपरिषद् बैठकले अत्यावश्यक सेवा नियमित सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ