+
Search

ताजा अपडेट +

पपुलर +

सिसनको प्रेम स्विकार गरिन् श्रृङ्खलाले ! भन्छिन् – ‘हामी निकै नै रोमाञ्चक डेमा छौ’

पालिका लाइभ
२०७६ फाल्गुन ३, शनिबार

काठमाडौं– पूर्व मिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिशन बानियाबीच प्रेम सम्बन्ध रहेको चर्चा सुरु भएको लामै समय भइसक्यो।

उनी मिस नेपाल भएपछि मिस वर्ल्डमा देखाउने मल्टिमिडिया स्टोरी बनाउने क्रममा नजिकिएका उनीहरु विदेश भ्रमणमा प्रायः सँगै देखिने गरेका थिए।

टर्की भ्रमणताका यी दुवैको तस्बिर सार्वजनिक भएदेखि नै उनीहरुको प्रेममा रहेको शंका गरिएको थियो। इन्स्टाग्राममा सिशनले श्रृंखलासँगको तस्बिर राखेका थिए। तर यी दुवैले सार्वजनिक रुपमा आफ्नो सम्बन्धबारे बोलेका थिएनन्।

प्रेम दिवसको मौका पारेर श्रृंखलाले सार्वजनिक रुपमै सिशनसँगको सम्बन्ध इन्स्टाग्राम मार्फत नै स्वीकार गरेकि छन्।

उनले इन्स्टाको स्टोरीमा सानो भिडियो क्लिप राखेर ‘एक्साइटिङ डेट फर अस’ लेखेकी छन् र भिडियोको पछाडि बिस्तारै सिशन देखा पर्छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ