+
Search

ताजा अपडेट +

पपुलर +

सत्तापक्षीय सांसदको आक्रोश– कतिजना सांसदलाई डेंगु भएपछि सरकारको ध्यान जान्छ?

पालिका लाइभ
२०७६ भाद्र २६, बिहीबार

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णगोपाल श्रेष्ठले डेंगुको विषयमा आधिकारिक धारणा दिन सरकारलाई रुलिङ गर्न आग्रह गरेका छन्।

‘म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु’, बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै श्रेष्ठले भने, ‘मन्त्री डेंगुको पीडित, आँखा विशेषज्ञ सन्दुक रुइत डेंगुको पीडित। अब कतिजना सांसदलाई डेंगु भएपछि सरकारको ध्यान जाने हो?’

उनले आफूहरु डेंगु, डेंगु, डेंगु भनेर कराउँदा कराउँदै थाकिसकेको बताए।

‘आज डेंगुको सवालमा सरकार बोल्दैन। अमेरिकाको सरकारले बोल्दियो। नेपालमा डेंगु आतंक छ, अमेरिकीहरु नजानू। नेपालमै रहेका अमेरिकी नागरिकहरु सचेत रहनू। योभन्दा लाजमर्दो कुरा के हुन्छ?’, उनले प्रश्न गरे।

उनले अबिलम्ब स्वास्थ्य मन्त्रीलाई तत्काल रुलिङ गर्न आग्रह गरे।

‘अहिल्यै स्वास्थ्यमन्त्री यहाँ आएर सरकारको आधिकारिक धारणा, डेंगु के हो, कसरी लाग्छ, उपचार कसरी गर्ने हो, बच्ने उपाय के हो, मरेकालाई के गर्ने? आधिकारिक रुपमा धारणा ल्याइयोस्। होइन भने मेरो विरोध रहने छ’, उनले भने।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ