काठमाडौं- पञ्चाङ्ग निर्णायक समितिले दसैंको टीकाको साइत सार्वजनिक गरेको छ। यसपाली असोज २१ गते मंगलबार विजयदशमी परेको छ।
नेपाल पञ्चाङग निर्णायक समितिका अनुसार असोज महिनाको १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको छ भने दशैंको टीकाको साइत २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको हो ।
त्यसअघि मंगलबार बिहानै ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभ साइत रहेको छ ।
यसैगरी १६ गते पचली भैरव यात्रा र १८ गते शनिबार फूलपातीको दिन तुलजा भवानी यात्रा बिहान ८ बजेर ५२ मिनेटमा गराउँदा उत्तम हुने छ ।
८ बजेर ५२ मिनेटमा यात्रा गराइएको तुलजा भवानीको १० बजेर ५ मिनेटमा आशनमा राख्न उपयुक्त हुने उउनले बताए ।
प्रतिक्रिया