+
Search

ताजा अपडेट +

पपुलर +

२२ सय चिनियाँ कामदारले नेपालबाट लिए श्रम स्वीकृति

पालिका लाइभ
२०७६ श्रावण ३०, बिहीबार

काठमाडौं- श्रम विभागले २ हजार २०४ जना चिनियाँ कामदारलाई श्रमस्वीकृति दिएको छ। गत वर्ष ७७ महिलासहित १ हजार ३१७ जना चिनियाँ कामदारलाई स्वीकृति दिइएको थियो।

नेपालमा निर्माणाधिन हाइड्रो प्रोजेक्टमा चिनियाँ कामदार रहेका विभागको भनाइ छ। गृहमन्त्रालयको कार्यसहमतिका आधारमा विदेशी कामदारलाई श्रमस्वीकृति दिने गरिएको छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

श्रम ऐन २०७४ अनुसार नेपालमा दक्ष कामदार नभए मात्रै विदेशी कामदारलाई श्रमस्वीकृति दिइन्छ।

विदेशी कामदारको श्रम स्वीकृतिको लागि ६ महिनासम्म रोजगारदाताले १५ हजार र त्यसभन्दा बढीका लागि २० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ।

एकपटकमा एक वर्ष नबढ्ने गरी श्रमस्वीकृति दिने व्यवस्था छ। नेपालमा श्रमस्वीकृति पाउने कुल कामदारको संख्या ३२ सय ९८ छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ