+
Search

ताजा अपडेट +

पपुलर +

पोखराका चर्चित ज्योतिष भवेश भट्टराई ‘ज्योतिष रत्न अवार्ड’बाट सम्मानित

पालिका लाइभ
२०८१ चैत्र ९, शनिबार

गोरखा– देशभरका ज्योतिष, वास्तु र तन्त्र शास्त्रका विद्वानहरूको राष्ट्रिय सम्मेलन हालै गोर्खामा भव्य रूपमा सम्पन्न भएको छ।

चैत ८ र ९ गतेको यस अभूतपूर्व विद्वता सभामा नेपालभरका विशिष्ट विद्वानहरूको सहभागिता रहेको थियो। दुई दिनसम्म चलेको उक्त महासम्मेलनमा विभिन्न विधामा प्रशिक्षण र ज्ञान प्रदान गरिएको थियो, साथै ज्योतिष, वास्तु र तन्त्र शास्त्रमा विशेष योगदान पुर्‍याउने विद्वानहरूलाई विभिन्न पदवी र सम्मान पत्र प्रदान गरिएको थियो।

गण्डकी प्रदेशका मन्त्री मित्रलाल बस्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरसहित विभिन्न विद्वानहरूले शुभकामना व्यक्त गरे। कार्यक्रममा वास्तु विषयमा डा. माधव मंगल जोशी, तन्त्र विषयमा डा. सहदेव विष्ट र ज्योतिष विषयमा डा. लोकराज पौडेलले प्रशिक्षण दिएका थिए।

प्रशिक्षण पश्चात्, विभिन्न विधामा उल्लेखनीय योगदान पुर्‍याउने देशभरका ज्योतिषीहरू सम्मानित भए। राष्ट्रिय स्तरमा अग्र स्थानमा रहेका गण्डकी प्रदेशका ज्योतिष गुरुहरूको योगदानको उच्च मूल्यांकन गर्दै विशिष्ट अलंकार र अवार्डद्वारा सम्मानित गरिएको थियो। यस अवसरमा दक्षिण एसियाली ज्योतिष महासंघले भवेश भट्टराईलाई ‘ज्योतिष अलंकार’ र ‘गोरखनाथ अवार्ड’ सम्मानित गरेको छ।

कार्यक्रमको सञ्चालन दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव रविन पगेनी र अन्तर्राष्ट्रिय समितिका सभापति आचार्य लक्ष्मण पन्थीले गरेका थिए। कार्यक्रम सम्पन्न पश्चात् सहभागीहरूलाई गोर्खा जिल्लाका विभिन्न ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरूको अवलोकन र दर्शन गर्नको लागि व्यवस्था गरिएको थियो।

saman

म्याग्दीको मालिक गाउँपालिका-७, बिम अर्कलामा जन्मेका भवेश भट्टराई अहिले पोखरामा ज्योतिष र वास्तु परामर्श कार्य गर्दै आएका छन्। विगत आठ वर्षदेखि उनले विभिन्न राजनीतिक नेता, युवा, कलाकार, भवन, अस्पताल, विद्यालय, घर र अन्य थुप्रै ग्राहकलाई ज्योतिष र वास्तु परामर्श दिइरहेका छन्।

पोखराको विन्ध्यवासिनी मन्दिरका प्रसिद्ध ज्योतिषी तथा वास्तुविद् भवेश भट्टराईले शास्त्री पशुपतिनाथ अवार्डबाट पनि सम्मान प्राप्त गरेका छन्। उनले संस्कृत, ज्योतिष र वास्तु विषयमा विशेष अध्ययन गरेका छन् र अनलाइन माध्यमबाट विश्वभरिका नेपालीलाई परामर्श पनि दिइरहेका छन्।

IMG 6298

सम्पुर्णानन्द संस्कृत विश्वविद्यालय बनारसबाट अध्ययन गरेका भवेश भट्टराई विगत १३ वर्षदेखि ज्योतिष, वास्तु र रत्न विज्ञानको क्षेत्रमा अध्ययन र अनुसन्धान गर्दै आएका छन्। पछिल्लो समय उनी फेस र रिङिड विधिको माध्यमबाट पनि ज्योतिष परामर्श दिइरहेका छन्।

उनको ज्योतिष क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप सन् २०१८ देखि २०२४ सम्म गोल मेडलबाट विभूषित भएका छन्। अहिले उनी पोखराको विन्ध्यवासिनी मन्दिरबाट ज्योतिष सेवा दिँदै आएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ