+
Search

ताजा अपडेट +

पपुलर +

फैसलाको पूर्णपाठ पाएपछि आफैं अदालत उपस्थित हुन्छु : दीपक मनाङे

पालिका लाइभ
२०८१ कार्तिक २३, शुक्रबार

पोखरा- गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतवाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा आँफै उपस्थित हुने बताएका छन् ।

शुक्रबारको मितिमा एक विज्ञप्ति जारी गरेर उनले सर्वोच्चबाट फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि मात्रै अदालतमा उपस्थित हुने जनाएका हुन् ।

व्यक्तिहत्याको प्रयास गरेको आरोपमा सर्वोच्च अदालतले उनलाई ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेपछि फोन स्विच अफ गरी उनी सम्पर्कविहीन भएका थिए ।

‘(फैसला)पश्चात मेरा कानून व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएँ तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।’

पाँच वर्ष कैद सजाय ठहर भएका गुरुङले यसअघि नै दुई वर्ष ८ महिना कैदमा बिताएका छन् ।

उनले अब थप २ वर्ष ४ महिना कैद बस्न बाँकी छ । सर्वोच्च अदालतले तत्कालीन पुनरावेदन अदालतको निर्णय सदर गरेकाले फैसला कार्यान्वयनका लागि पूर्णपाठ तयार हुन आवश्यक पर्दैन ।

फैसलापछि उनको खोजी थालेको प्रहरीले ‘स्विच अफ गरेर सम्पर्कविहीन भएको’ जनाएको थियो ।

उनको सांसद हुने योग्यतामा प्रश्न उठाइएको अर्को मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन छ ।

याे पनि,

आत्मसमर्पणको तयारीमा दीपक मनाङे, पक्राउका लागि प्रहरीका तीन युनिट सक्रिय

फोन ‘स्वीच अफ’ गरेर फरार भए सांसद दीपक मनाङे, पक्राउ गर्न प्रहरी परिचालन

गण्डकी प्रदेशका सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

दीपक मनाङे दोषी ठहर भएपछि मनाङ २ मा उपनिर्वाचन हुने

462556737 1271764620837302 5371477398651869197 n

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ