+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तहकाे समन्वयमा सडक बालबालिका मुक्त घोषणा गर्ने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन

पालिका लाइभ
२०८१ बैशाख ६, बिहीबार

ललितपुर– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्ने गरी काम गर्न निर्देशन दिएकी छन् ।

मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय बाल अधिकार परिषद्को अध्यक्ष पदको पद बहाली पछि मन्त्री चौधरीले परिषद्का पदाधिकारी तथा कर्मचारीलाई त्यस्तो निर्देशन दिएकी हुन् ।

‘केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सडक मानवको मुक्त गर्ने अभियान सञ्चालन गरेको गर्नुभएको थियो । अहिले पनि बालबालिकाहरू फाट्टफुट्ट सडकमा देखिन्छ भन्ने कुरा आएको छ’, उनले भनिन्, ‘अब हामी सडक बालबालिका मुक्त भनेर घोषणा भनेर किन नगर्ने ? त्यो अभियान चाल्यौँ भने हामी सफल हुन्छौ । तपाईँहरू त्यसका लागि आवश्यक के के काम गर्ने भनेर योजना बनाएर लाग्नुस् ।’

DSC5177 matri bhawati paro

मन्त्री चौधरीले ७५३ वटै पालिकामा पनि यी कामका लागि समन्वय गरेर काम गर्ने निर्देशन दिइन् ।

यसै गरी बालगृहहरूको अवस्थाका विषयमा पनि मूल्याङ्कन गर्न निर्देशन दिँदै उनले भनिन्, ‘बालगृहहरूको अवस्था के छ ? बालगृहहरू रेकर्डमा कति छन् । तीनको अवस्था के छ ? साँच्चिकै काम भइरहेको छ कि छैन ? त्यसको मूल्याङ्कन प्रक्रिया के कसरी गरिरहनुभएको छ ?’

अहिले पनि सबै पालिकामा बाल कल्याण अधिकारीको व्यवस्था हुन नसकेको भन्दै उनले स्थानीय तहमा बाल कल्याण अधिकारीको व्यवस्था गराउनका निम्ति त्यससम्बन्धी आवश्यक पहलकदमी चाल्ने प्रतिबद्धता समेत दिइन् ।

छोरी आत्मनिर्भरता कार्यक्रम ल्याउने तयारी गरिएको भन्दै उनले यो अगाडि बढेमा यसभित्र धेरै कुराहरू रिलेट गर्न सकिने बताइन् ।

बाल अधिकार परिषद् छुट्टै निकाय भएको भन्दै मन्त्री चौधरीले यसभित्र भएको बालगृह बाल सरोकारसँग सम्बन्धित काम गर्ने विभागहरूको कार्य विभाजन र त्यसका गतिविधि चुस्त राख्न समेत निर्देशन दिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ