+
Search

ताजा अपडेट +

पपुलर +

कोहली दशककै उत्कृष्ट क्रिकेटर घोषित, धोनीले पाए अर्को महत्वपूर्ण अवार्ड

पालिका लाइभ
२०७७ पुष १३, सोमबार

काठमाडौं- भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई आईसीसीले ‘आईसीसी मेल क्रिकेटर अफ दि डिकेड’ दशककै उत्कृष्ट क्रिकेटरको अवार्डबाट सम्मान गरेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट संघ आईसीसीले विराटलाई दशककै सर्वश्रेष्ठ क्रिकेटरबाट सम्मान गर्दा भारतकै पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई ‘स्पिरिट अफ क्रिकेट अवार्ड’बाट सम्मान गरेको छ।

आईसीसीले ट्वीटरमा कोहली र धोनीलाई सम्मान गरिने विषय बताएको छ। कोहलीलाई यसअघि आईसीसीले ‘ओडीआई क्रिकेटर अफ दि डिकेड’बाट सम्मान गरिसकेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ