+
Search

ताजा अपडेट +

पपुलर +

अग्नि सापकोटाको दाबी- देशको नेतृत्वमा प्रचण्डको विकल्प छैन, एमालेको शिर निहुरिसक्यो

अग्नि सापकोटाको दाबी- देशको नेतृत्वमा प्रचण्डको विकल्प छैन, एमालेको शिर निहुरिसक्यो
पालिका लाइभ
२०८२ असार २, सोमबार

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले जनताले देश बनाएर पार्टी अध्यक्ष ‘प्रचण्ड’को विकल्प नरहेको बुझिसकेको बताएका छन्।

माओवादीका प्रवक्ता समेत रहेका सापकोटाले पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले अभियानका क्रममा जिल्ला जिल्लामा पुग्दा त्यो जनताबाट अभिव्यक्त भएको बताए। उनले काँग्रेस सामन्तहरूको पार्टी रहेको भन्दै त्यसमा मान्छेहरूलाई धेरै आशा नै नभएको बताए।

उनले भने, ‘तर एमालेका कार्यकर्ताको हामी जहाँ जहाँ गयो शिर निहुरिएको छ। उनीहरू असाध्यै रक्षात्मक छन्, त्यसैले हामीलाई मैदान खाली छ। त्यसैले काँग्रेस एमालेको निर्वाचित जनप्रतिनिधिहरूले पनि हामी हामीलाई भित्री हृदयदेखि नै भविष्यको नेतृत्व माओवादीले गर्नुपर्छ, त्यसमा पनि पार्टी अध्यक्ष प्रचण्डको विकल्प छैन भन्ने कुरा हामीले त बुझेको कुरा हो। जनताको पनि त्यो बुझेका छन्। अहिले हामीलाई गरेको स्वागतबाट पनि बुझिएको छ। त्यो अभिव्यक्त भएको छ।’

उनले सहिद परिवार, घाइते अपांग भएकाहरूलाई शीर्ष स्थानमा राखेर अघि बढ्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए। उनले बेपत्ता भएकाहरू पनि सहिद भइसकेको भन्दै अब उनीहरूको सपना पूरा गर्न नेपालमा समाजवाद स्थापना गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

पालिका लाइभ
लेखक

पालिका लाइभ

पालिका लाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई palikalivenews@gmail.com मा पठाउनु होला।