काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन ०८४ को चुनावअघि नै हुने दाबी गरेका छन्।
कांग्रेसको दोस्रो प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै ०८४ को वैशाख पहिलो हप्तामा स्थानीय तहको निर्वाचन हुने भएकाले त्यो भन्दा अगाडि नै पार्टीको महाधिवेशन भइसक्ने बताए।
उनले भने, ‘पार्टीको महाधिवेशनबारे कोही अलमलमा हुनुहुन्छ भने निस्कनुस्। कहिलेकाहीँ तपाईंहरुले सुन्नुहुन्छ अर्को पार्टीसँग मिलेर अधिवेशन सार्नुपर्छ भन्ने खालका कुराहरू, ती नेताहरूको मन पनि सफा नै छ कि छिटो गरौँ कि ढिलो गरौँ भन्नुभएको हो। छोटो गर्न पाइन्छ तर ढिलो गर्न पाइँदैन। अर्को पार्टीसँग मिलेर पनि अधिवेशन सार्न पाइन्न। कांग्रेसले अर्को पार्टीसँग मिलाएर अधिवेशन सार्न नयाँ पार्टी बनाउनुपर्छ। यो नेपाली कांग्रेसले पाउँदैन।’
महाधिवेशन समयै टुङ्ग्याउनको लागि क्रियाशील सदस्यताको विषय समयमै टुङ्ग्याउने बताए।
उनले ०८३ मंसिरभित्र महाधिवेशन भइसक्ने दाबी गरे।
प्रतिक्रिया